गलत सूचना प्रवाह भएको कारण ट्राफिक प्रहरीले राजस्व उठायो भन्ने भ्रम परेको छ

“उपत्यकाका सडकमा थुप्रै दुर्घटनाहरू भइरहेका हुन्छन्। ती घट्नाले धेरै तनाव र दुःखी बनाउने भनेको ट्राफिक प्रहरीलाई नै हो। किनभने यो सडक दुर्घटना नजिकबाट दृश्य देख्ने ट्राफिक प्रहरी नै हुन्छ। एउटा चालक, यात्रु घाइते भयो, ज्यान गयो, हातखुट्टा भाँचियो। हामी कसरी दैनिक दुर्घटना भएको र बढेको हेर्न सक्छौँ, भन्नुहोस् त? हाम्रो काम नागरिकको सुरक्षा, कम क्षति र दुर्घटना न्यूनीकरण गराउनु हो। ट्राफिक प्रहरीको उद्देश्य नै अघिल्ला महिनाकोभन्दा यो महिना कम क्षतिको रेकर्ड राख्नु हो। त्यो नै मेरो सफलता हो-´´यो भनाइ अरू कसैको नभएर काठमाडौ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेको हो।

प्रमुख काफ्लेले टुकी नेटवर्कसँग कुरा गर्दै भन्नुभयो, गलत सूचना प्रवाह भएको कारण ट्राफिक प्रहरीले राजस्व उठायो भन्ने भ्रम परेको छ। होइन, हाम्रो काम राजस्व उठाउने होइन, राजस्व त सरकारले उठाउँछ।

उहाँ भन्नू हुन्छ-“हाम्रो उद्देश्य भनेको सडकमा नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस्, भएका घटनाहरूलाई रोक्नु, नागरिकलाई घाइते हुनबाट बचाउनु, सडक प्रयोगकर्तालाई सडक नियमको पालन गराउनु हाम्रो दायित्व हो। हरेक सडक प्रयोगकर्ताले उचित नियम पालन गरिदिनु र सडक दुर्घटना न्यूनीकरण गर्न कम गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ।

सम्बन्धित भिडियो