भारत- पाक युद्ध राेक्न २५० प्रतिशत भन्सार शुल्ककाे बाेझ, भारत सहमत हाेला ?

Flags of India and Pakistan painted on two clenched fists facing each other on black background/India - Pakistan relations concept
अ+
अ
अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहो¥याउनुभएको छ । आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबबाट समाधान भएको उहाँको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उहाँले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताउनुभयो । उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उहाँको दाबी छ ।

भारतले भने द्वन्द्व रोक्न बाह्य मध्यस्थताको भूमिका रहेको दाबी अस्वीकार गर्दै आएको छ । भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले भारतीय समकक्षीसँग आग्रह गरेपछि अपरेसन सिन्दूरका क्रममा युद्धविराम भएको थियो । भारतले पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलाको जवाफमा मे ७ मा उक्त अभियान सुरु गरेको र मे १० मा रोकेको थियो ।

ट्रम्पले आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पनि गर्नुभएको छ । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि उहाँले छनोटको आलोचना गर्दै आउनुभएको छ ।