अ+
अ
अ-
इजरायलमा चुनावी सर्वेक्षणपछि विपक्षी नेता आइजेनकोटका समर्थक उत्साहित
इजरायलको तेल अभिभमा सेन्ट्रिस्ट याशार पार्टीका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटका समर्थकहरू चुनावी अभियानको मुख्यालयमा उत्सव मनाउँदै। मंगलबार राति सार्वजनिक गरिएको मतदानपछिको सर्वेक्षण (एक्जिट पोल) ले आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्तारूढ गठबन्धनभन्दा अगाडि देखाएको थियो।
आइजेनकोटले सर्वेक्षणको नतिजाले नेतान्याहु सरकारप्रति जनविश्वासको पूर्ण अभाव देखाएको बताएका छन्। उनले सरकार परिवर्तनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, प्रारम्भिक सर्वेक्षणले संसद्मा स्पष्ट बहुमत नआउने र राजनीतिक गतिरोध हुन सक्ने संकेत गरेको छ।
तस्बिर : जिनी / सिन्ह्वा


