पूर्वप्रधानन्यायाधीश जबराले जननिर्वाचित सरकार ढाल्ने प्रपञ्च रचेको भरत जङ्गमको आरोप

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अपदस्थ पूर्वप्रधानमन्त्रीहरूसँग मिलेर वर्तमान जननिर्वाचित सरकार ढाल्ने र राज्यसत्ता पल्टाउने गतिविधि गरिरहेको खुलासा भएको राजनीतिक विश्लेषक भरत जङ्गमले दाबी गर्नुभएको छ।

प्रहरीका उच्च पदस्थ व्यक्तित्व, सुरक्षा निकायका अधिकारी तथा पूर्वप्रधानमन्त्री र विपक्षी दलका नेताहरूसँगको साँठगाँठमा सत्ता परिवर्तन गर्ने ठूला प्रपञ्च रचिएको जङ्गमको भनाइ छ।

पूर्वप्रधानन्यायाधीश भएर पनि जबरा यस्ता गतिविधिमा संलग्न रहेको भन्दै जङ्गमले उहाँका गतिविधिमाथि प्रश्न उठाउनुभएको छ।

राजनीतिक विश्लेषक भरत जङ्गमले यी विषयहरू सार्वजनिक रूपमा उठाउँदै आउनुभएको छ। यसै विषयमा जङ्गमसँग गरिएको कुराकानी टुकी नेटवर्कको अनलाइन प्लेटफर्ममा सार्वजनिक गरिएको छ।

उक्त कुराकानी टुकी नेटवर्क टिभीको युट्युब च्यानल तथा फेसबुक पेजमा पनि हेर्न र सुन्न सकिनेछ।

सम्बन्धित भिडियो