अ+
अ
अ-
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गौँथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै नयाँ उपलब्धि हासिल गरेको छ।
कपिल रिजाल निर्देशित ‘गौँथली’ले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्।
योसँगै ‘गौँथली’ सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। समीर भट्टकाे फिल्म ‘१२ गाउँ’ को घरेलु बक्सअफिस कमाइसमेत उछिनेको छ। ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।
‘गौँथली’भन्दा अगाडि अहिले ‘पूर्णबहादुरको सारङ्गी’ र ‘कबड्डी ४’ रहेका छन्। फिल्मले प्रदर्शनको निरन्तरता पाउँदै राम्रो दर्शक साथ पाइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।


