चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

अ+
अ
अ-

काठमाडौ । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक मनिष पण्डित नियुक्त भएका छन्। सरकारले मन्त्रिपरिषद्को बैठकबाट पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार दिनेश डिसी रहेका थिए।

चलचित्र क्षेत्रमा निर्देशक तथा निर्माताका रूपमा काम गर्दै आएका पण्डितले ‘ग्याङस्टार ब्लुज’ लगायतका चलचित्रमा काम गरेका छन्। उनले चलचित्र ‘जायरा’ मा पनि काम गरेका छन्।

पण्डितको नियुक्तिसँगै चलचित्र क्षेत्रको विकास, नेपाली चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीका समस्या समाधानका लागि उनले कस्तो भूमिका निर्वाह गर्छन् भन्ने चासो बढेको छ।