अ+
अ
अ-
काठमाडौ । गायिका फुटी शेर्पा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन्। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘गान्धी इन्टरनेशनल मोटिभेसनल अवार्ड–२०२२ नेपाल’ कार्यक्रममा उनलाई अन्तर्राष्ट्रियस्तरको अवार्ड प्रदान गरिएको हो।
संगीत तथा कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शेर्पालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। अवार्ड प्राप्त गरेपछि गायिका सेर्पाले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन्।
शेर्पा समुदायबाट रेडियो नेपालमा आधुनिक गीततर्फको स्वर परीक्षा उत्तीर्ण गर्ने उनी पहिलो महिला भएको बताइएको छ। संगीत क्षेत्रमा निरन्तर सक्रिय शेर्पाले विभिन्न गीतमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएकी छन्।


