युवा कवि रायमाझीकाे कविता कृति सार्वजनिक

+
-

पुस १५ आइतबार ,२०८०
काठमाडौ । युवा कवि निर्भीकजंग रायमाझीकाे कविता कृति “त्यसरि त कहिले साेचिएन “सार्वजनिक भएको छ। शनिवार सर्वनाम नाट्य घरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई , कवि श्यामल ,कवि माेमिला जाेशि र कवि रायमाझीले संयुक्तरूपमा सार्वजनिक गर्नु भएको हो ।

बेलायत बस्दै आउनु भएका कवि रायमाझीकाे कृतिमा ५० वटा कविता समेटिएका छन् । लामा र छाेटा गरि पाँच भागमा विभाजन गरिएको कविताहरु देश, काल र परिस्थिति अनुरुप सान्दर्भिक रहेकाे उपस्थित वक्ताहरु प्रस्ट पार्नु भएको थियो ।

“रवि नपुगेको ठाउमा कवि पुगेको” उदाहरण दिदै प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बाेल्दा, हाँस्दा, हिड्दा, कुराकानी गर्दा पनि कविता हुने बताउदै, कविले कवितामा भान्साकाेठामा बुद्दलाई भेटेकाे कविताले कृतिकाे उचाइ थपेकाे भन्दै प्रशंसा गर्नु भएको थियो ।

अर्को कवि तथा साहित्यकार श्यामलले कृति उपर  टिप्पणी गर्दै कविकाे पागलपन नभएको भए यो पुस्तक नजन्मने धारण राख्नु भयो । उहाँले कविलाईलाई समाजका अन्य व्यक्तिले पागल देखेपछि मात्रै कविता वा साहित्य सिर्जना हुने यथार्थ कविता कृतिले दिन सकेको भनाइ राख्नु भयो ।

कवि माेमिला जाेशिले उहाँको कृति पढेपछि भुपि शेरचन , श्रवण मुकारुङ जस्ता अग्रजकाे याद आएको स्मरण गर्नु भएको थियो ।  उहाँले सुरुमै शुभकामना दिदै ,”देश देशावरबाट आफुले चाहेको कविता लेख्ने क्षमता भएको कवि हुन भन्दै साना ,छाेटा र सान्दर्भिक संरचना छनाेट उनकाे विषेशता हो “, उहाँले भन्नू भएको छ।

कार्यक्रमकाे अन्तमा कवि रायमाझीले” मेराे पनि देश छ , हिउकाे टीका, आँखीझ्याल” लगायत  केही थान कविता सुनाउनु भएको थियो ।