मियामीमा हुने जी –२० शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार रहेको जेलेन्स्कीको भनाइ: जर्मन मिडिया

+
-

द्वन्द्व अन्त्य गर्ने प्रयासहरू तीव्र भइरहेका समयमा शनिबार सार्वजनिक भएको एक अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मियामीमा हुने आगमी जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको बताउनुभएको छ ।

डिस्चे वेले (जर्मन प्रसारण मिडिया) ले आगामी डिसेम्बरमा हुने उक्त भेलामा दुवै नेतालाई आमन्त्रण गरिएमा पुटिनसँग भेट्नुहुन्छ कि हुदैन भनेर सोधेको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो, “पक्कै पनि हामी त्यहाँ जानुपर्छ, हामीले भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णयहरू लिनुपर्छ ।”

उहाँले कुरा शब्दहरू र म उहाँलाई के भन्छु वा उहाँ मलाई के भन्नुहुन्छ त्यो महत्त्वपूर्ण नभई त्यसबाट आउने नतिजा मात्र महत्त्वपूर्ण भएकाले नतिजा नै मुख्य कुरा भएको बताउनुभयो ।

वासिङ्टनले हालै रूस–युक्रेन युद्ध (जुन अहिले पाँचौँ वर्षमा प्रवेश गरेको छ) अन्त्य गर्ने लामो समयदेखि रोकिएको प्रयासलाई पुनः अघि बढाउने पहल गरेको छ; यसै क्रममा अमेरिकी वार्ताकारहरू स्टिभ विटकोफ र जेरेड कुशनरले गत साताको अन्त्यमा मस्को र किएभको भ्रमण गरेका थिए ।

पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले पनि गत साता युद्धबारे छलफल भएको थियो भने क्रेमलिनले उक्त टेलिफोन वार्तालाई अत्यन्त स्पष्ट र रचनात्मक प्रयास भनेको थियो ।

शुक्रबार भएको उक्त अन्तर्वार्तामा जेलेन्स्कीले विटकोफ र कुशनरको भ्रमणलाई “राम्रो सङकेत भन्दै उनीहरूले मस्कोका साथै किएभको पनि भ्रमण गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

यस वर्ष संयुक्त राज्य अमेरिकाले प्रमुख अर्थतन्त्रहरूको समूह जी–२०’ को अध्यक्षता गरिरहेको छ; यस समूहमा १९ राष्ट्रका साथै युरोपेली सङ्घ र अफ्रिकी सङ् समावेश छन् ।

सेप्टेम्बरको सुरुमा नर्थ क्यारोलिनामा तथ भएको जी–२० बैठकमा रूसी अर्थमन्त्री एन्टोन सिलुआनोभको स्वागत गरिएको थियो, जसले युक्रेनका युरोपेली सहयोगीहरूमा असन्तुष्टि पैदा गरेको थियो ।

साथै, एक रूसी कूटनीतिज्ञले शनिबार बताएअनुसार मस्कोले अर्को साता ह्युस्टनमा हुने जी–२० ऊर्जा बैठकमा आफ्ना केही अधिकारीहरू पठाउने तयारी गरिहेको छ
(रासस/एएफपी): —