एक धार्मिक अभियान्ता १०८ पुराण बाचन गर्ने लक्ष्यमा

+
-

काठमाडौं,

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गा. पा. ५ कोशीपारीमा बि. सं. २०४१ साल असोज १४ गते आइतबारका दिन पिता श्री चन्द्र प्रसाद पराजुली र माता कौशिला पराजुलीका प्रथम पुत्रका रुपमा जन्म लिएका पं. अमृत प्रसाद पराजुली (कौडिन्य) को जन्म भएको हो। उहाँ सानै उमेर देखि धार्मिक क्षेत्रमा लाग्नुभएको हो।  आफ्नो कलिलै उमेर देखि भागवत कथा वाचन देखि लिएर कर्मकाण्ड र धार्मिक परामर्शहरु दिने कार्यमा समेत अग्रसर  भएर सेवा गर्नु भएको छ।

हिजो गाँउघरमा सानै देखि धार्मिक क्रियाकलापमा लागेको देखेर निक्कै चासोका रुपमा हेरीरहेका गाँउलेहरुले आज एक प्रखर धार्मिक गतिविधिमा सक्रिय साथै एक सामाजिक कार्यमा सवल ब्यक्ति पाएका छन । उहाँले जिवनमा १०८ वटा श्रीमद्भागवत् महा  पुराण वाचन गर्ने लक्ष्य लिनुभएको छ।

ब्राह्मण समुदायमा जन्म भएपछि पक्कै पनि आफ्नो पारिवारिक वातावरण अनुसार पनि हिन्दू धर्म , दर्शन अनुसार कर्मकाण्डको कार्यमा लाग्नु स्वभाविक नै मान्न सकिन्छ । तर पनि आजको परिर्वतनशील अवस्थामा यसरी सानै देखि धार्मिक र सामाजिक क्षेत्रमा लाग्नेहरु थोरैको संख्यामा मात्र पाइने गरिन्छ । उहाँ भन्नुहुन्छ” मैले सानै देखि आफु जसरी धार्मिक र सामाजिक कार्यमा लागे यसमा। मेरा बाबा माताको आशिर्वाद र प्रेरणाले नै हो । अहिले पनि बुबा ,आमा, भाई र परिवारका सबैबाट पूर्ण साथ सहयोग पाएको छु । म आफुलाई भाग्यमानी सम्झन्छु ।”

उहाँका अनुसार” हामीले आफ्नो धर्म संस्कृति र संस्कारलाई जोगाई राख्नका लागि सबै आ आफ्नो स्थानबाट लाग्नु पर्छ किनकी यो हाम्रो जन्मसिद्ध अधिकार र कतब्र्य भित्र पर्दछ ।”

हुन पनि कुरा सहि नै हो, आज समाज आधुनिकताको नाममा खै कता कता दौडिरहेको छ । जो जसले जे संस्कार पाएको छ र आफ्नो मौलिक कला संस्कृति र धार्मिक गतिविधि जे जस्तो छ त्यो कार्यमा लाग्नु पर्छ । आजको हिन्दू धर्म दर्शन तथा संस्कार संस्कृतिमा केही बिकृती बिसंगति आएका होलान तर समयमै यस्ता विकृतिहरुको न्यूनिकरण गर्दै आफ्नो संस्कार संस्कृतिलाई जोगाई राख्नु प्रत्येक हिन्दूहरुको दायित्व हो । यस्तै आफ्नो दायित्व निर्वाह गर्ने कार्यमा अग्रसर पं अमृत पराजुलीको आज शुभ जन्मदिन परेको छ। यहि अवसरमा सामाजिक सञ्जाल र फोनबाट जन्मदिनको शुभकामना दिनुहुने सबै भक्तजन र आफ्न्तजनहरुप्रति धन्यवाद ब्यक्त गर्नु भएको छ ।

 

आज उनको जन्मदिन परेकोले हामी पनि उहाँलाई जन्मदिनको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ । धार्मिक गतिविधि र सामाजिक कार्यमा उनको कार्यले निरन्तरता पाउन सकोस ।