अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा समेट्ने निर्णय गरेको छ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनका लागि बन्ने संरचनामा समावेश गर्ने निर्णय गरेको हो।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले बैठकको निर्णयप्रति असहमति जनाउँदै समानान्तर रूपमा १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला संस्थापन पक्षले पुरानो कार्यसमितिका सदस्यलाई समेत महाधिवेशनको आयोजक संरचनामा समेट्ने निर्णय गरेको हो।


