नमुना बन्दै भुम्लुका जनप्रतिनिधि

+
-

                 काभ्रे   /  भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) दिन प्रतिदिन रचनात्मक कार्यमा व्यस्त हुन थाल्नु भएको छ। भर्खरै मात्र वडा स्तरका बाटो मर्मत सकेर अब पर्यटकीय क्षेत्र दोलालघाटको पक्कि पुलमा रंग रोगनको कार्यमा गरिरहनु भएको छ।

            भुम्लुमा युवा जनप्रतिनिधि भुजेल र लामाको ध्यान कसैको नजर नपुगेको ठाउँमा पुग्ने गरेको छ। विगतको समयमा दोलालघाटको पुल सिंगार्न पर्छ भन्ने कसैले ख्याल गरेको पाईदैन।

               उहाँहरु कहिले हिलो सडकको अवस्था अनुगमन गर्न पुग्नु हुन्छ त ,कहिले विद्यालय सुधारको योजनामा । धार्मिक स्थलहरूको निर्माण र संरक्षण गर्ने उद्देश्यले काम गरिरहेको देखिन्छ भने पर्यटकीय स्थलको सुन्दरता सजाउन जागरुक भएर लागिरहनुभएको छ।

               यि जनप्रतिनिधिहरु जनताको सेवा गर्न घर घरमा पुग्नुभएको छ। पहिरो गएको ठाउँमा , पानि अभाव भएको विद्यालयमा , बिग्रिएको सडक बनाउन लगाएत समस्या परेको स्थलमा आफै उपस्थित हुने गर्नुभएको छ।

            निर्वाचनको बेला युवा नेताहरुले भन्नुभएको थियो -” हामि भाषण गरेर बस्ने होइन, काम गरेर देखाउने छौ।”

              उहाँहरुले भन्नु भएजस्तो कुनै दल र नेताले नगरेको काममा युवा नेताको ध्यान जानुले भुम्लुका जनताले आशा गर्न लायक नेता हुनुहुन्छ भन्न सकिन्छ। भुम्लुका जनताले युवा जन प्रतिनिधिलाई ससाना काम गरेर देखाउने अब्बल नेता ठानेका छन्