काठमाडौं / समाजवादी प्रेस संगठन नेपाल बागमती प्रदेश र उपत्यकाको संयुक्त भेला हुने भएको छ ।भेला असोज ८ गते शनिबार पार्टी केन्द्रीय कार्यालय आलोक नगर काठमाडौंमा हुने छ।
प्रमुख अतिथि बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पान्डेको विशेष उपस्थितिमा उद्घाटन सुरु हुने बताइएको छ। साथै उप-महासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको विशेष उपस्थिति रहने छ।
समाजवादी प्रेस संगठन र उपत्यकाको संयुक्त भेलामा बागमती प्रदेशको विभिन्न जिल्लाका सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मी मित्रहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने संयुक्त भेलामा आफ्नो गरिमामय उपस्थिति जनाईदिनु हुन समाजवादी प्रेस संगठन बागमती प्रदेशका अध्यक्ष ध्रुव रायमाझीले सुचना मार्फत आग्रह गर्नुभएको छ ।


