अस्थायी मतदाता नामावली संकलन सुरु हुने

+
-

टुकी संवाददाता 

काठमाडौं / निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन सुरु गर्ने भएको छ। प्रतिनिधि सभाको समानुपातिक  निर्वाचनमा मतदान गर्नका लागि अस्थायी नामावली संकलन  गर्न लागिएको हो।

असोज ८गतेदेखि २६ गतेसम्म  नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ। सर्वोच्च अदालतले अस्थायी मतदाता नामावली एेन २०७३ मा व्यवस्था भए बमोजिमको व्यवस्था गर्न निर्वाचन आयोगलाई पटकपटक आदेश दिएको थियो। सो आदेश अनुरुप कार्य गर्न लागिएको हो।
ऐनमा सरकारी कर्मचारी ,नेपाली सेना ,नेपाल प्रहरी ,कारागारका थुनुवा, निर्वाचनमा खटिएका कर्मचारी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिक आदिले नामावली संकलन पश्चात मतदान गर्न पाउनेछन्।

अस्थायी मतदाता नामावली संकलन गरेर प्रदेश निर्वाचन प्रमुखले प्रमाणित गरि निर्वाचन आयोगमा पठाउनु पर्ने छ । कार्तिक १गते नामावली प्रकाशन गर्ने , २ र ३ गते  छुटेकालाई  समावेश गर्ने  र त्रुटि सच्याउने काम गरिने