समाजवादी सांस्कृतिक महासंघको ‘सांस्कृतिक साँझ २०७९’

+
-

अप्सरा सत्याल 

          काठमाडौं / राष्ट्रिय जनसांस्कृतिक महासंघ ( एकीकृत समाजवादी)ले गरेको दशै तिहार शुभकामना आदन प्रदानमा “सांस्कृतिक साँझ २०७९” भब्यताका साथ सम्पन्न भएको छ। राष्ट्रिय नाचघर जमलमा भएको सांस्कृतिक कार्यक्रम आज दिउंसो ३  देखि  राती ८बजेसम्म चलेको थियो।

           नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल कार्यक्रमको  प्रमुख अतिथि हुनुहुन्थ्यो। राष्ट्रिय जनसाँस्कृतिक महासंघ समाजवादीको आयोजनामा जन संगीत मञ्चका कलाकारहरुले समाजवादी  गीत प्रस्तुत गरेका थिए ।

               कार्यक्रममा वरिष्ठ नेता खनालले कलाकारहरुसँग सामूहिक समाजवादी गीत गाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। “समाजवादी संस्कृतिक साँझ “नाम दिईएको सांगीतिक कार्यक्रममा एक दर्जन भन्दाबढी समाजवादी कलाकारहरुले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको बिच बिचमा बिभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरि दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो।

           तीन सय दर्शकका माझ  जे बि टुहुरे लगायत जन सांस्कृतिक महासंघ( समाजवादी)का बरिष्ठ कलाकारहरु कृष्ण आँसु,  कृपा राम धमला, ऋषि अधिकारी, नविना पौडेल, नारायण परिश्रमी र लिला श्रेष्ठले गीत गाएर कार्यक्रमको रौनक थपेका  थिए। सिन्धुपाल्चोकका  गायक भिमसेन खतिवडाले जनवादी गीत गाएर कार्यक्रम हल तताउनु भएको थियो।