टुकी संवाददाता
दोलखा/ नेकपा (एकीकृत समाजवादी)का नेता शिव प्रसाद भण्डारीले दोलखामा गठबंधनको तर्फबाट प्रतिनिधि सभाको टिकट आफुले पाउनुपर्ने दावी गर्नुभएको छ। टुकी नेटवर्कसंगको कुराकानीमा उहाँले भन्नुभयो -बिभिन्न कोणबाट हेर्दा प्रत्यक्षतर्फ प्रतिनिधि सभाको टिकट समाजवादीले पाउने सम्भावना रहेको छ।
गठबंधनबाट काङ्ग्रेस र माअोवादीले अरु जिल्लामा दावी गरिसकेकाले एक मात्र प्रतिनिधि सभा रहेको दोलखा जिल्लामा नेकपा( एस) को भागमा पर्ने उहाँको भनाइ थियो। दोलखाबाट हामीले जोडदार दावी प्रस्तुत गरेका छौ। काङ्ग्रेस, माअोवादी भन्दा हाम्रो दलको संरचना सानो आकारको छ होला, तर समाजवादीको आफ्नै मुल्य र मान्यताको हिसाबले दरिलो पार्टी हो । गठबंधन उमेेद्वारको हकमा व्यक्तिगत स्वभाव, चरित्र र प्रभावकारीताले दोलखामा मेरो भुमिका महत्वपुर्ण रहेको छ। मैले पहिला जिबिस र दलिय संयन्त्रमा बसेर काम गरेको छु। विकास निर्माण कार्य देखि जनसेवामा सधै जनताको घरदैलोमा नै रहेको तर्क गर्नुभयो।
जनआन्दोलनमा उहाँले पुर्व एमालेबाट दोलखामा नेतृत्व गर्नुभएको थियो ।आन्दोलनको बेला उहाँ घाइते हुनुभएको थियो। हालसम्म पनि नेता भण्डारीको एकतिरको पातो चल्दैन । नेता भण्डारी ६२/६३ जनआन्दोलनको घाइते पनि हुनुहुन्छ। उहाँले दोलखामा एकीकृत समाजवादीको जिल्ला, पालिका र वडा तहमा कमिटी गठन भइसकेका र जनवर्गीय संगठनहरु पनि सबै गठन भएको जानकारी दिनुभयो।
यो निर्वाचनमा नेकपा एमालेसँग खास कुनै मुद्दा नभएकाले नेता भण्डारीको भनाई छ। दोलखाबाट दुईजना मन्त्री भए सांसद पनि थिए, तर जनस्तरमा हुनुपर्ने जति विकास निर्माण र जनसेवाका कामहरु एमालेका जनप्रतिनिधिले गर्न नसकेको उहाँको आरोप छ। यो पटक निर्वाचनमा दोलखाका जनताले नेता भण्डारीको कामलाई मूल्यांकन गर्ने दिन आएको छ। जनताले मलाई प्रतिनिधिसभाको सांसद भएको देख्न चाहेका छन उहाँको भनाइ थियो।
निर्वाचनलाई लक्षित गर्दै पार्टिलाई गतिशील बनाउन नेता भण्डारी यतिखेर जिल्लाका विभिन्न राजनीतिक दलहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ। र पार्टीका विभिन्न कार्यक्रमहरुमा सक्रिय हुनुहुन्छ।


