झरना थापाी छोरी सुहाना भन्छिन दर्शकको भरोसालाई कायम राख्न दोस्रो अलि फरक खाल्को फिल्म खेल्न मन छ

अ+
अ
अ-

काठमाडौँ- नायिका सुहाना थापाले ‘ए मेरो हजुर ३’बाट फिल्म क्षेत्रमा शानदार डेब्यु गरिन् । उनको अभिनयले धेरैको मन जित्यो । फिल्म हेर्दा उनको डेब्यु फिल्म जसतो पनि देखिएको थिएन् ।उनले पहिलो फिल्ममा दर्शकको राम्रो साथ र अभिनयबाट प्रशंसा पाइन् । ‘ए मेरो हजुर ३’ रामे व्यापार गर्न पनि सफल भयो ।

पहिलो फिल्म हिट भएसँगै सुहानाको काँधमा जिम्मेवारी बढेको छ । यो कुरा उनी स्वयम्ले पनि महसुस गरेकी छिन् । दोस्रो फिल्ममा दर्शकको भरोसा कायम राख्न चुनौति बनेको सुहाना बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिलो फिल्ममा दर्शक धेरै माया दिनु भएको छ । यसले निकै उर्जा पाएको छु । दर्शकको भरोसालाई कायम राख्न दोस्रो अलि फरक खाल्को फिल्म खेल्न मन छ ।’ सुहानाले आफ्नै होम प्रोडक्सनबाट डेब्यु गरेकी हुन् ।