अत्यधिक चर्चा कमाउन सफल भएको सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’को दोस्रो सिजन असारबाट प्रशारण हुने भएको छ ।पहिलो सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने भएका छन् ।
यी चार कोच मध्ये दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिन सक्ने बताइएको छ । अभया सुब्बा गत वर्षको ग्राण्ड फिनालेमा सहभागी नभएका कारणले उनी सिजन–२ का लागि नदोहोरिने बताईएको छ । तर, सनुप दोहोरिने वा नदोहोरिने कुराको फाइनल चाही भइसकेको छैन ।
नयाँ कोचहरु को रहने बारे नि खुलासा गरेको छैन ।यस दोस्रो सिजनको डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । डिजिटल अडिशनमा दुई हजार २ सय प्रतिस्पर्धी सहभागी भएका थिए ।ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट धुम्बाराहीमा रहेको स्टुडियोमा हुने भएको छ । । स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको बताइएको छ ।



