अ+
अ
अ-
जेन्सी- रणवीर सिंह तथा दीपिका पादुकोणको जोडी पुनः पर्दामा एकसाथ आउने भएको छ। भारतिय मिडियाका अनुसार दीपिका र रणीवीर ‘८३’सिनेमामा एकसाथ देखिनेछन्।
निर्देशक कबीर खानले दीपिकालाई पक्का गरिसकेको बताइएको छ । रिल तथा रियलमा पनि उत्तिकै रूचाइएको यो जोडी यो फिल्ममा पनि पति पत्नी हुने बताइएको छ ।सिनेमामा उनले क्रिकेटर कपिल देवीकी पत्नी रोमी भाटियाको भूमिका गर्नेछिन्।
रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन्। सिनेमामा कपिल र रोमीको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ।हार रणवीर सिनेमाको तयारी गरिरहेका छन्। सिनेमा सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेको कथामा आधारित रहेको छ। दिपिका पछिल्लो समय फिल्म छपाकमा व्यस्त रहेकी छन् ।



