सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रसम्वत २०७५ साल चैत्र ७ गते विहिबार नेपाल सम्बत ११३९ चिल्लाथ्व तदनुसार सन् २०१९ मार्च २१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि विहान ७ वजेर ३२ मिनेटसम्म उप्रान्त चैत्र कृष्ण पक्ष प्रतिपदा तिथि,उत्तरफाल्गुनी नक्षत्र अपरान्ह २ वजेर २४ मिनेटसम्म उप्रान्त हस्ता नक्षत्र,गण्ड योग,बवकरण,आनन्दादियोग मातङ्ग,सूर्य मीन राशीमा,चन्द्रमा कन्या राशीमा । शुक्र पूर्व दिशामा,चन्द्रमा दक्षिण दिशामा, काल राहु दक्षिण र पाश उत्तर दिशामा तथा योगिनी विहान ७ वजेर ३२ मिनेटसम्म वायव्य उप्रान्त पूर्व दिशामा भ्रमण गर्ने छन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा शुक्र विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख अशुभ मानिन्छ ।
मुहूर्त
राहुकालः–अशुभ अपरान्ह १ वजेर ४३ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ६ वजेर १० मिनेटबाट ७ वजेर ४० मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर ११ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर १० मिनेटबाट १० वजेर ५९ मिनेटसम्म र अपरान्ह ३ वजेबाट ३ वजेर ४९ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४७ मिनेटबाट मध्यान्ह १२ वजेर ३५ मिनेट सम्म रहनेछ ।
दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर ४० मिनेटसम्म शुभ वेला,७ वजेर ४० मिनेटबाट ९ वजेर ११ मिनेटसम्म रोग वेला,९ वजेर ११ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म उद्वेग वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर १२ मिनेटसम्म चर वेला,१२ वजेर १२ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म लाभ वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर १३ मिनेटसम्म अमृत वेला,३ वजेर १३ मिनेटबाट ४ वजेर ४४ मिनेटसम्म काल वेला र ४ वजेर ४४ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।
रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ४४ मिनेटसम्म अमृत वेला,७ वजेर ४४ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म चर वेला,९ वजेर १३ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म रोग वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १२ मिनेटसम्म काल वेला,१२ वजेर १२ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म लाभ वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर ११ मिनेटसम्म उद्वेग वेला,३ वजेर ११ मिनेटबाट ४ वजेर ४० मिनेटसम्म शुभ र ४ वजेर ४० मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।
मेषः– दिन संघर्ष पूर्ण रहनेछ । शत्रुहरुलाई कमजोर देखेर काम नगर्नु होला । प्रयत्नबाट धेरै अधुरा काम सम्पादन हुनेछन् । संकल्प पुरा हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । राजनीति र खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।
वृषः– हरेक क्षेत्रमा समस्या आउने देखिन्छ तर प्रयत्नबाट केहि समाधान हुनेछन् । भ्रममा नपर्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । पढाई लेखाईमा ध्यान जानेछ । आफन्तबाट पराईको व्यवहार हुनेछ । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ ।
मिथुनः– आम्दानीका दृष्टिले दिन कमजोर देखिन्छ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । भौतिक सुखमा कमि आउनेछ । धन सम्पति नास हुने देखिन्छ । स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना रहेकोछ । आफ्नाबाट नै पराईको व्यवहार हुनेछ ।
कर्कटः–समयले पूर्ण साथ दिनेछ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नतिका बाटा खुल्ने छन् । अरुको भर परेर धेरै काम नगर्नु होला ।
सिंहः– सवैलाई आफ्नो ठानेर काम गर्दा धोका हुनेछ । ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दुष्ट चाण्डाल सँग भेट हुनसक्छ । मनलाई नियन्त्रण गरेर काम गर्नु होला । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।
कन्याः– काम गर्ने उत्साह बढ्नेछ । डर त्रासका कारण सहयोग मिल्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने उत्साहा बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा वोलीको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ ।
तुलाः– समयले कम साथ दिनेछ । राम्रो गर्न खोज्दा नराम्रा काम हुनसक्छन् । स्त्रीबाट सहायोग मिल्नेछ । चाण्डालको संगत हुनसक्छ सतर्क रहनुहोला । विना उदेश्यको यात्रा हुनसक्छ । व्यापार घट्ने तथा खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । अरुको भर नपर्नुहोला धोका हुनसक्छ ।
वृश्चिकः– आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीमा कार्य भार थपिन सक्छ । सहयोगी मन भेटिने छन् । मित्र भेट होला ।
धनुः– बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला अवस्य सफल हुुनुहुनेछ । आर्थिक कारोवारमा भने सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । आफ्नै प्रयासमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । पढाईमा प्रगति हुनेछ ।
मकरः–समयले पूर्ण साथ दिने देखिन्न । कामको स्पष्ट रेखा कोर्न नसक्दा अलमलमा दिन व्यतित हुने देखिन्छ । तर लगनशिल भई गरेका काम भने सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । उत्सवहरुमा सहभागि हुने अवसर प्राप्त हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
कुम्भः– दिन प्रतिकुल हुनसक्छ । गरेको परिश्रम खेर जान सक्छ । काम गर्ने वातावरण विग्रिन सक्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी बालुवामा पानी राखे सरावर हुनसक्छ विचार पु¥याउनु होला ।
मिनः–सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । आफन्तको सहयोग मिल्नेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । मेहनत गर्न गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । घर छोडेर बाहिर जानु पर्ने स्थिति आउन सक्छ । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ ।


