राष्ट्रिय लोक दोहोरी प्रतियोगिता सम्पन्न

अ+
अ
अ-

काठमाडौ, २९ असार । । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल र सास्कृतिक सस्थान नाच घरको सयुक्त आयोजनामा असार २६ गतेदेखि शुरु भएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधी नगरकोट दोहोरी साझले प्राप्त गरेको छ । प्रथम हुने नगरकोटका कलाकारहरुले जम्मा ७११ र दोस्रो हुने गामवेशी दोहोरी साझका कलाकारहरुले ७०५ अङ्क प्राप्त गरेका थिए । त्यस्तै गामवेसी दोहोरी साझ दोस्रो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा रोल्पा तेस्रो र बढीगाढ समुहले चौथो स्थान हासिल गरेको छ ।