यस्तो बन्यो ‘कायरा’ को ट्रेलर

अ+
अ
अ-

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कायरा’ को ट्रेलर रिलिज गरिएको छ । आर्यन सिक्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ को ट्रेलरमा लभ र रोमान्सलाई देखाइएको छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रमा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा लगायतका कलाकारको अभिनय छ ।

लभ स्टोरी जानराको चलचित्र ‘कायरा’ लाई नायक आर्यन आँफैले निर्माण गरेका हुन् । चलचित्रले साउन १८ गतेका लागि रिलिज डेट लिएको छ ।