अ+
अ
अ-
डिसहोमले आफैँले प्रवद्र्धन गरेको रमाइलो टिभीमा अन्तर्राष्ट्रिय रियालिटी सोहरूको लोकप्रियता बढ्दै गइरहेको निष्कर्ष निकाल्दै नेदरल्यान्डको गायन रियालिटी सो द भ्वाइसको नेपाली संस्करण भ्वाइस अफ नेपाल प्रसारण गर्ने भएको छ । कम्पनीका अनुसार यो नेदरल्यान्डको फ्रेन्जाइजी कार्यक्रम हो ।
साउनको पहिलोहप्तादेखि प्रसारण हुने यस कार्यक्रमको प्रथम संस्करणमा ३० भागसम्म दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रम रमाइलो टिभीमार्फत प्रसारण गर्नका लागि एडी रिलिज प्रालिसँग डिसहोमले कार्यक्रम प्रायोजनको सम्झौतासमेत गरेको जनाइएको छ ।


