काठमाडौं,२१ चैत्र पछिल्लो समय चर्चामा रहेका नायकहरुमध्येका एक हुन् प्रदिप खड्का । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म प्रेम गीत बाट हिट लिस्टमा अटाएका उनी पुनः प्रेम गीत २ मा हिट कै रुपमा स्थापित भए । उनी अभिनित फिल्म लिलिबिली यहि चैत्रको ३० गते अर्थात नयाँ बर्षको छेकोमा रिलिज हुदैछ ।
लिलिको व्यवसायिक पाटो कस्तो रहने हो र फिल्मले प्रदिपलाई कतिको फाईदा पुराउने हो, त्यो त रिलिज पछि थाहा नै हुनेछ । प्रदिप खड्का लिलिबिली रिलिज लगतै फिल्म रोजीमा व्यस्त हुनेछन् । गोपी कृष्ण मुभिज्को ब्यानर र आरोही इन्टरटेन्टमेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्म हो रोजी ।
निरक पौडेलले निर्देशन गर्ने गरि रोजी निर्माण हुन लागिएको हो । यतिखेर प्रदिप भने फिल्म लिलिबिलीको प्रमोशनमा लागि परेका छन् । फिल्म रोजीको सुटिङ बैशाख को पहिलो सता बाट हुने जानकारीमा आयको छ । गोपी कृष्ण मुभिज्को ब्यानर र आरोही इन्टरटेन्टमेन्टले १-२ दिन भित्रै प्रत्राकर सम्मेलन गरी फिल्मको जानकारी गराउने छ ।
प्रदिपले यस अघि भैरबी शुरु गरिने बताईएको थियो तर स्रोतका अनुसार भैरबी केही समयका लागि पोष्टपण्ड गरिएको छ । यता आशुसेन ब्यानरमा प्रदिप तत्काललाई नदेखिने भएको छ । यस कारण लिलिबिली पछि प्रदिपको नयाँ फिल्म रोजी दर्शकले हेर्न पाउने निश्चित जस्तै भएको छ ।
यतिबेला गोपी कृष्ण मुभिज्को ब्यानर र आरोही इन्टरटेन्टमेन्ट उत्कृष्ट फिल्म बनाउन लागि परेको छ । हाल गोपी कृष्ण ब्यनर को मुभीहल , टिभी , एफएम सन्चालन छ भने आरोही इन्टरटेन्टमेन्ट नयाँ ब्यानर हो । प्रदिपको कारण पनि फिल्म हिट निस्चित छ ।





