अ+
अ
अ-
काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको टिप्पणी गरेका छन् । उनले सरकारका गतिविधि तथा पछिल्ला राजनीतिक घटनाक्रमका कारण जनतामा निराशा बढ्दै गएको र भविष्यप्रति अन्योलको भावना देखिएको बताए।
उनले केन्द्रीय समितिको बैठकमा बाेल्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो स्टाटस तथा अभिव्यक्तिले पनि नागरिकमा निराशा थपिएको धारणा व्यक्त गरे। यस्ता अभिव्यक्तिले राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनाउने थापाको भनाइ थियो।
सभापति थापाले वर्तमान सरकारप्रति पनि नागरिकहरूले अघिल्ला सरकारहरूजस्तै धारणा बनाउन थालेको उल्लेख गर्दै जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।


