लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छिङ डर्माको नियुक्तिविरुद्ध प्रदर्शन

अ+
अ
अ-

लुम्बिनी — लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छिङ डर्मालाई नियुक्त गरिएको विरोधमा प्रदर्शन भएको छ। सोमबार राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास संघ र तिब्बत बचाउ समितिलगायतका संस्थाले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले आनी छिङ डर्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई लिएर प्रश्न उठाउँदै उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्न नहुने बताएका छन्। उनीहरूले नियुक्ति खारेज गर्न मागसमेत गरेका छन्।

प्रदर्शनमा सहभागी संस्थाका प्रतिनिधिहरूले विवादित विषयको निरूपण नभएसम्म नियुक्ति पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।