सभामुख नै किर्ते र जालसाजी संलग्न,सभामुख सहित ५ जना विरुद मुद्दा दायर

अ+
अ
अ-

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत दाङमा जालसाजी मुद्दा दायर भएको छ।

जनता समाजवादी पार्टी (जसपा) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने क्रममा कीर्ते तथा जालसाजी गरिएको आरोप लगाउँदै मुद्दा दायर गरेकी हुन्।

मुद्दामा सभामुख घर्ती, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा पार्टीको नियम उल्लङ्घन गरेको आरोपमा प्रदेशसभा सचिवालयले गत फागुन १४ गते काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो।

सोही प्रक्रियामा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै काफ्लेले सभामुख घर्तीसहित पाँच जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएकी हुन्।