आनी छाेइङ डोल्माको अपिल : ‘आरोपको निष्पक्ष छानबिन होस्’

अ+
अ
अ-

काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस भएकी आनी छाेइङ डोल्माले आफूमाथि उठेका विवाद र आरोपको सत्यतथ्य छानबिन गर्न अपिल गरेकी छन्। उनले केही समूहले अनावश्यक टिप्पणी गरेर समाजमा द्वन्द्व निम्त्याउन खोजेको आरोपसमेत लगाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले नागरिकता, सम्पत्ति शुद्धीकरण र १८ करोड रुपैयाँसँग सम्बन्धित विवादबारे निष्पक्ष छानबिन गर्न सबै निकाय खुला रहेको बताएकी छन्।

नेपाली भूमिमा जन्मन पाएकोमा गर्व व्यक्त गर्दै उनले ५५ वर्षसम्म देशका लागि आफ्नो तर्फबाट योगदान गरेको दाबी गरेकी छन्। उनले नेपालजस्तो पवित्र भूमिमा जन्मन पाउनु आफ्नो भाग्य भएको बताउँदै अनावश्यक टिप्पणीले अन्ततः देशलाई नै नकारात्मक असर पार्न सक्ने चेतावनी दिएकी छन्।