अ+
अ
अ-
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
यसअघि नै कांग्रेसले विज्ञप्तिमार्फत आजका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको थियो। नेपाली कांग्रेस इतर समूहले साउन २९ गतेदेखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला संस्थापन पक्षले केन्द्रीय समितिको बैठक बोलाएको हो।
बैठकमा संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला, पार्टीको संगठन सुदृढीकरण तथा पार्टी एकतालगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।
यसैबीच, संस्थापन इतर पक्षले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट नेपाल आउने भएका छन्। देउवा साउन २६ गते नेपाल आउने कार्यक्रम रहेको देउवा समूहका नेताहरूले बताएका छन्।


