अ+
अ
अ-
काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले खानी तथा खनिजजन्य पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सुस्मित पोखरेलले सार्वजनिक गरेका निर्णयअनुसार सरकारले विभिन्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
यसअन्तर्गत खानी तथा खनिजजन्य पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गर्ने प्रक्रिया अघि बढ्नेछ।
त्यसैगरी, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त तथा सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।


