सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक, विपक्षी नेताहरूबीच छलफल

अ+
अ
अ-

काठमाडौ। सुनसरी घटनाले हिंसात्मक रूप लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको थियो । मंगलबार नै बुधबार बिहानकाे लागि बाेलाइएकाे बैठक हाल सिंहदरबारमा जारी रहेको छ।

छलफलमा विपक्षी दलका शीर्ष नेताहरू सहभागी भएरका छन् । उनीहरुले पछिल्लो राजनीतिक अवस्था तथा सामाजिक शान्ति कायम गर्ने विषयमा छलफल गरिरहेका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आम्दाङे, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आरएन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल तथा सांसद खुश्बु ओली लगायत अन्य साना दलका नेताहरूको उपस्थिति रहेको बताइएको छ।

यद्यपि, बैठकमा प्रधानमन्त्री र गृहमन्त्री भने सहभागी भएका छैनन्।
रास्वपाका महामन्त्री विभिन कुमार आचार्यका अनुसार सामाजिक शान्ति, सद्भाव र राजनीतिक संवादलाई सुदृढ बनाउने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको हो।

बैठकमा सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा निर्माण तथा आवश्यक कदमका विषयमा छलफल भइरहेको स्राेतले जनाइएको छ।