अ+
अ
अ-
काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्सको उट्रेच्टस्थित स्पोर्टपार्क मार्स्काल्करवेर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। लगातार दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।
यसअघि नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग एक–एक खेल खेल्दै दुवैमा हार बेहोरेको थियो। नेपालका तीव्र गतिका बलर नन्दन यादव चोटका कारण प्रतियोगिताका बाँकी दुई खेलबाट बाहिरिएको क्रिकेट संघ नेपाल (क्यान) ले जनाएको छ। उनको अनुपस्थितिले नेपाली टोलीलाई ठूलो झट्का लागेको छ।
लगातारको हारपछि नेपाल आज नामिबियाविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। आजको खेलले नेपालको लिग–२ अभियानमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

