चिकित्सकमाथि हातपातको विरोधमा देशभर स्वास्थ्यकर्मी आन्दोलन, ओपीडी सेवा प्रभावित

+
-

काठमाडौ । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। घटनाको विरोधस्वरूप नारायणी अस्पतालसहित विभिन्न सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द गरिएको छ।

ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। अत्यावश्यक तथा आकस्मिक सेवाबाहेक नियमित स्वास्थ्य सेवा प्रभावित बनेको अस्पतालहरूले जनाएका छन्।

यस्तै, नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले घटनाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएको जानकारी पनि सार्वजनिक भएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सरकारसँग माग गरेका छन्। आन्दोलनका कारण काठमाडौंसहित देशका विभिन्न स्वास्थ्य संस्थामा नियमित सेवा प्रभावित भए