अ+
अ
अ-
काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा सोमबारदेखि जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै आगजनी र तोडफोडमा परिणत भएको छ।
प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सडकमा टायर बाल्नुका साथै सडक छेउमा रहेका पसल तथा टहरामा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

