सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरका अस्पतालमा

+
-

सुनसरी। सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुग्नुभएको छ।

उहाँले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेसँग भेटघाट गर्नुका साथै चिकित्सकहरूसँग उपचार अवस्थाबारे जानकारी लिनुभयो। मन्त्री मेहताले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै सरकार पीडितहरूको उपचार र आवश्यक सहजीकरणमा प्रतिबद्ध रहेको बताउनुभयो।

स्वास्थ्य मन्त्रालयले घटनालगत्तै सम्बन्धित अस्पताल, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन काम गरिरहेको जनाएको छ।