काठमाडौ । तिज पर्वको अवसर पारेर गीतकार नवराज रायमाझीकाे नयाँ तिज गीत सार्वजनिक हुदै छ। महिला दिदीबहिनीहरूको भावना, पीडा र सामाजिक यथार्थलाई समेटेर तयार पारिएको उक्त गीत केही दिनभित्रै सार्वजनिक गरिने गीतकार रायमाझीले टुकी नेटवर्कलाई जानकारी दिएका छन्।
गीतकार नवराज रायमाझीको शब्द रहेको गीतमा चर्चित गायिका प्रयुसा न्यौपानेको स्वर रहेको छ। गीतमा महेश खड्काको संगीत रहेको छ।
गीत सार्वजनिक भएपछि एआर इन्टरप्राइजेसको युट्युब च्यानल तथा नवराज रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
गीतको भिडियो पनि तयार भइसकेको र गीतसँगै एकैसाथ सार्वजनिक गरिने जनाइएको छ। भिडियोमा गीतकार नवराज रायमाझी स्वयंले पनि अभिनय गरेका छन् भने आयुस्मा कार्कीले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छन्।
गीतले तिजको मौलिकता, सामाजिक सन्देश र समसामयिक विषयवस्तुलाई समेटेकाे गीतकार रायमाझीले बताएका छन्।

