अ+
अ
अ-
माेरङ । मोरङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग नगर्न/नगराउन सूचना जारी गरेको छ।
मंगलबार जारी गरेको सूचनामा जिल्लाभित्र शान्ति–सुरक्षा तथा सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा रोक लगाइएको उल्लेख छ।
सूचनामा आदेशविपरीत डिजेको प्रयोग गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी गरिएको हो।

