कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्ने

+
-

काठमाडौ । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयद्वारा मंगलबार जारी सूचनाअनुसार बैठक भाेली बिहान ६ः३० बजे ललितपुरस्थित बी.पी. स्मृति भवनमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको छ।

यस्तै, वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएको छ। त्यसपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। सूचना नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।