अ+
अ
अ-
काठमाडौं। नेपालीकम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरू सत्ताको वरिपरि मात्र केन्द्रित हुँदा राजनीतिक विरोधीहरूले लामो समय शासन गर्ने अवसर पाएको बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वैचारिक स्कुलिङ र रणनीतिक एकतामा कमजोरी हुँदा कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए ।
उनले भने, “नेपाली कम्युनिस्टहरू एक हुन नसक्दा विरोधीहरूले मौका छोपेका हुन्। हामीले सही रणनीति बनाउन सकेनौं। सत्ताको भ्रममा पर्दा यस्तो अवस्था सिर्जना भएको हो।” प्रचण्डले वर्तमान सरकारका गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारका कदमहरू शंकास्पद बन्दै गएको टिप्पणी गरे। देशका समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा गम्भीर चिन्ता आवश्यक रहेको उनको भनाइ थियो।
उनले वैदेशिक हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय सुरक्षामा कमजोरी देखिएको दाबी गर्दै सुगौली सन्धिपछि नेपाली सेनाको अवस्था कमजोर बन्दै गएको आरोप लगाए। “कहिल्यै नझुकेको नेपाली स्वाभिमान र राष्ट्रिय सुरक्षाबारे यथोचित समीक्षा गर्नुपर्छ,” उनले भने।

