अ+
अ
अ-
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकार गठनका विषयमा एमालेसँग संवाद भइरहेको जानकारी दिए।
उनले बागमती प्रदेशसहित केही प्रदेशमा कांग्रेस–एमाले समीकरणमा आधारित सरकार संकटमा परेपछि नयाँ सरकार गठनको सम्भावनाबारे विभिन्न तहमा छलफल र संवाद भइरहेको बताए।

