अ+
अ
अ-
काठमाडौं । नेदरल्यान्ड्समा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शृङ्खलामा नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २/४५ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ |
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित यस शृखंलामा घरेलु टोलीको भने यो पहिलो खेल हो । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकपको छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो ।
पहिलो खेलमा पराजित भएकोले नेपाललाई लिग २ को शीर्ष चारमा रहने सम्भावना कायमै राख्न आज नेदरल्यान्ड्स विरुद्धको खेल जित्नुपर्ने चुनौती छ । पहिलो खेलमा नेपालको शीर्ष अर्डर चल्न नसक्दा नेपाल १५७ रनमै अलआउट भएको थियो ।
आठौं शृखंला खेलिरहेको नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ । नेपालका लागि अब शृखंलाको बाँकी तीन खेलसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । २९ खेलबा६ नेपाल समान अंक जोडेको नामिबिया रनरेटमा नेपाल भन्दा पछि छ ।

