अ+
अ
अ-
तेह्रथुमको आठराई गाउँपालिका-६ मा एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार गए राति ३८ वर्षीय कृष्णबहादुर लिम्बुले ५१ वर्षीया रूपा लिम्बुको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि प्रहरीले अभियुक्त कृष्णबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

