अ+
अ
अ-
काठमाडौं । शिक्षा मन्त्री सुस्मिता पोखरेल विरुद्ध त्रिभुवन विश्वविद्यालयमा नाराबाजी गरिएको छ। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमस्थल बाहिर युवा तथा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले “नेपोबेबि मुर्दावाद”, “मेरिटोक्रेसी लागू गर” लगायतका नारा लगाउँदै शैक्षिक क्षेत्रमा पारदर्शिता, योग्यता र निष्पक्षताको माग गरेका थिए। प्रदर्शनमा सहभागी विद्यार्थी तथा युवाहरूले शैक्षिक नियुक्ति र अवसरमा योग्यता तथा प्रतिस्पर्धालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। केही युवा तथा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

