अ+
अ
अ-
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्सको युट्रेक्टस्थित स्पोर्टपार्क मार्सखाल्करवेर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटको लज्जास्पद हार बेहोरेपछि आज पहिलो जितको लक्ष्यसहित मैदान उत्रँदैछ। बलियो घरेलु टोली नेदरल्याण्ड्सविरुद्ध नेपाललाई कठिन चुनौती रहने विश्लेषण गरिएको छ। सन् २०२७ को आईसीसी क्रिकेट विश्वकप छनोटका लागि लिग–२ को यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ।
हाल नेदरल्याण्ड्स २४ खेलबाट १४ जितसहित तेस्रो स्थानमा रहेको छ भने नेपाल ११ जितसहित पाँचौँ स्थानमा छ। नेपालले यस शृंखलामा आगामी जुलाई २७ मा नामिबियासँग तथा जुलाई २९ मा नेदरल्याण्ड्ससँग पुनः प्रतिस्पर्धा गर्नेछ |

