अ+
अ
अ-
एजेन्सी । भारतमा जारी कक्रेच आन्दोलन आज पनि जन्तरमन्तरमा जारी छ। युवा तथा विद्यार्थीले विभिन्न माग राख्दै गरेकाे प्रदर्शन निरन्तर भइरहेको छ। प्रदर्शन सोमबारदेखि सुरु भएको थियो । आज बुधबार पनि प्रदर्शन जारी रहने आन्दोलनकारीहरूले बताएका छन्।
बुधबार पनि पश्चिम बंगालबाट थप २० कम्पनी प्रहरी बल सुरक्षा व्यवस्थाका लागि परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी नयाँ दिल्लीका प्रमुख मेट्रो तथा सार्वजनिक स्थलहरू—राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट र सर्वोच्च अदालत आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबारदेखि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक–पटक झडप भएको बताइएको छ। केही स्थानमा ढुंगामुढा भएको तथा प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।

