अ+
अ
अ-
दोलखा । दोलखाको किर्नेमा तामाकोशी नदीमा आएको बाढीले सडक कटान गरेपछि पुष्पलाल मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। यससँगै बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यस सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मनोज लामाका अनुसार तामाकोशी नदीले सडक कटान गरेपछि सिन्धुली–रामेछाप हुँदै दोलखा आउने–जाने सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द भएको हो छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रयास भइरहेको छ। सडक सञ्चालनमा नआउँदासम्म यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन भनिएको छ।

