अ+
अ
अ-
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठका अनुसार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार गोपाल गोरागाईंलाई प्रदान गरिनेछ। त्यसैगरी, सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयाेजक माधब कुमार नेपालले दुवै पुरस्कार प्रदान गर्ने अध्यक्ष श्रेष्ठले टुकी नेटवर्कलाई जानकारी दिनुभयो।

