अ+
अ
अ-
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका राजनीतिक, सामाजिक र भौतिक उपलब्धिमाथि योजनाबद्ध रूपमा झुटप्रचार भइरहेको बताएका छन्।
आज ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सम्बाेधन गर्दै उनले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई नियोजित रूपमा अवमूल्यन गरिएको आरोप लगाए।
साथै, गणतन्त्रका उपलब्धिमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्प व्यक्त गर्दै वैचारिक पुनर्जागरण र गहन अध्ययन–अनुसन्धानको आवश्यकता औँल्याए। उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

