अ+
अ
अ-
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औँ स्मृति दिवस छुट्टै कार्यक्रम गरी मनाउने भएको छ। इतर पक्षले जारी गरेको विज्ञप्तिअनुसार असार ६ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा विशेष कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको संयोजक नेपाली कांग्रेसका वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का रहेका छन् भने आयोजक समितिको सदस्यका रूपमा प्रकाशमान सिंह रहेका छन्। विज्ञप्तिमा जननायक बीपी कोइरालाको लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रतिको योगदानको स्मरण गर्दै ४३औँ स्मृति दिवस विशेष रूपमा मनाइने उल्लेख गरिएको छ।


