अ+
अ
अ-
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक र रास्वपाका समर्थकलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अपमानजनक, असंयमित तथा लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाविपरीत भएको भन्दै सांसद शाहीलाई आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ। त्यस्तै, उचित सम्बोधन र क्षमायाचना नभए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि विभागले दिएको छ। साथै, सम्पूर्ण समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ

